आयुष्मा र ज्योतीको ‘लालजोडी’, हाँस्नका लागि उपयुक्त


संचारकर्मी लक्ष्मण सुवेदीले निर्देशन तथा निर्माण गरेको चलचित्र ‘लालजोडी’ आजबाट रिलिज भएको छ । चलचित्र काठमाण्डौका मल्टिप्लेक्स सहित मुख्य-मुख्य हलमा रिलिज भएको छ ।

चलचित्रको विशेष शो काठमाण्डौको वीग मुभिजमा आयोजना गरिएको छ । निर्देशक सुवेदीले चलचित्रको कमेडी पाटोलाई बढी ध्यान दिएका छन् । चलचित्रका मुख्य कलाकार ज्योती काफ्लेको अभिनय र उनको संवादले दर्शकलाई हसाँउछ ।

अदालतमा अड्किएको एक मुद्दाका कारण एउटा मानिसले कसरी जीवनमा दुख झेल्नुपर्छ भन्ने कथालाई चलचित्रले देखाएको छ । तर, अदालती प्रक्रियामा भन्दा पनि पारिवारिक बिषयलाई सुवेदीले बढी महत्व दिएका छन् । चलचित्रको मुख्य हतियार यसको संवाद हो । साथमा कलाकार ज्योती काफ्ले र नव-नायिका आयुष्मा कार्कीको अभिनयले दर्शक वाँधेको छ । नायिका रजनी केसी चलचित्रका लागि सो-पिस मात्र बनेकी छिन् ।

यसमा तपाइको मत

अन्य समाचार