एनसेल मेला भदौं ३० देखि सञ्चालन हुने


मोबाईल सेवाप्रदायक एनसेलले देशका विभिन्न ५ शहरहरुमा एनसेल मेला आयोजना गर्ने भएको छ । कम्पनीले रि—ब्राण्डिङ्ग पश्चात नजिकिदै गरेको चाँड पर्वको अवसर पारेर नारायणघाट, पोखरा, बुटवल, धरान र बिर्तामोडमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग शुभकामना आदान प्रदान गर्नुका साथै स्थानिय स्तरमा ब्राण्ड चिनाउन मेला आयोजना गर्न लागेको हो । मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला यही भदौ ३० गते नारायणघाट (नारायणी किनार) मा आयोजना हुने जनाइएको छ । मेला असोज १ गते पोखरा (प्रदर्शनी केन्द्र, नयाँबजार), असोज ३ गते बुटवल (सिद्घेश्वरी मैदान, दीपनगर) र असोज ६ गते धरान (पब्लिकहाई स्कुलमैदान) मा हुने छ । त्यसैगरी असोज ८ मा बिर्तामोड (सुगम पेट्रोल पम्पमैदान) मा आयोजना पश्चात मेलाको समापन हुनेछ । प्रत्येक शहरमा मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्टसहित साँझ सम्म चल्ने छ ।

यसमा तपाइको मत

अन्य समाचार