केन्द्रीय सदस्यको लागि ढकाल उमेदवारी दिदै


raju

कमल सरगम 
असोज -७ काठमाण्डौ 
सबैको मन जितेका कलाकार राजु ढकाललाई अहिले कलाकारहरुको मन जित्नु पर्ने जिम्मेवारी थपिन लागेको छ  ।यही असोज ८,९,र १० गते हुन लागेको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालको  छैठौं महाधिवेशनमा केन्द्रिय सदस्यको लागि ढकालले  उम्मेदवार दिने भएका हुन् ।लोकदोहोरी क्षेत्रमा धेरै लामो समय देखि लाग्दै आएका ढकाल अहिले गायन पाटोमा निकै व्यस्त छन । ढकाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल उपत्यका  समन्वय समिती मा २ कार्यकाल सदस्य मा त्यस पछि दित्तिय उपाध्यक्ष र अहिले प्रथम उपाध्यक्ष मा रहेर काम गरेका थिए।  समितिमा बसेर आफ्नो जिम्मेवारी बहन गरेका ढकाल केन्द्रमा जान लाग्नु उहालाई मात्र  नभएर सिंगो सस्थालाईनै फाइदा देखिन्छ ।  ढकाललाइ रेडियो छहारी डटकमको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

यसमा तपाइको मत

अन्य समाचार