गायक युबराज छन्त्यालको लोक दोहोरि गित लास्तई टेन्सन भो बजारमा


गायक युबराज छन्त्यालको लोक दोहोरि गित लास्तई टेन्सन भो बजारमा

चाइना तिर जाम” बाट निक्कै चर्चा बटुलेका गाएक यूवराज छन्त्याल ले फेरी एल्बम ” लास्तई टेन्सन भो ” लियर दर्शक श्रोता माझ आएका छन  ।गाएक छन्त्याल को लय शब्द रहेको उक्त गीतमा गाएक यूवराज छन्त्याल र चर्चित गायिका देविका के सी को स्वर रहेको छ भने गीत लाई निर्देशन ईस्मृति तिमिल्सिना “गुरुआमा ” ले गर्नु भाको छ गीतमा अभिनय चर्चित मोडेल शंकर बि सी र रश्मि तामाङ्गले गर्नु भाको छ। भने गीतले आफ्नो सस्कृति लाइ छोडेर विदेशी सस्कृतिको पछि लाग्नु हुन्न भन्ने शन्देश बोकेको छ। यस अघि गाएक छन्त्याल ले जहाजै चढेर बुर्तिबाङ्ग जाने हो, सालैजो पोखराको बजारमा , चाइना तिर जाम , र फेस्बूक्ले हो हाम्रो भेट गराको जस्ता गीतहरुमा स्वर दिसकेका छन ।”फेस्बूक्ले हो हाम्रो भेट गरको ” गीत भने अशोज १ बाट बजारमा आउने जानकारी गराउने  छन्त्याल रोजगारीको सिलसिलामा कतार मा रहेका छन! पछिल्लो समयमा गाएक छन्त्याल ले समय सान्दर्भिक गीत पनि गाउदै आएकाछन ।यति बेला गाएक भने आफ्नो गीत प्रोमोशन को लागि कतारका बिभिन्न स्टेज प्रोग्राममा निकै नै बेस्त रहेको पाईन्छ ।

यसमा तपाइको मत

अन्य समाचार