नेपाली कथानाक चलचित्र बृन्दावन ३ दिनमा ५० लाख माथि कलेक्सन


नेपाली कथानक चलचित्र मध्य सोमबार सम्मको बक्स अफीस कलेक्सनलाई हेर्दा बृन्दाबनले बास्रलेट र लालजोडीको व्यापारलाई उछीनेको छ ।
हिन्दु नारीहरुको महान् पर्व हरीतालिका तिजको अवसरसंगै यही भदौ १७ मा प्रर्दशनमा आएका ३ चलचित्र आफैमा प्रर्दशन अगावै चर्चामा आएका चलचित्र हुन् ।
कुनै समय नेपाली चलचित्र उद्योगमा राज गरेर बसेका नायक रमेश उप्रेतीको कमब्याक फिल्म बास्रलेट दर्शकका लागि प्रतिक्षित हुँदाहुदै पनी दर्शकहरुको आकर्षण बृन्दाबन तिर रहेको छ । देशभर हाउसफुल बृन्दावनले ३ दिनमा ५० लाख भन्दा माथि कलेक्सन भैसकेको छ
बृन्दाबनमा सिल्पा पोखरेललाई एक्सनधारमा प्रस्तुत गरीएको भएपनी चलचित्र हेर्ने दर्शकहरुले बृन्दाबनबाटै पहिलोपटक चलचित्र क्षेत्रमा डेब्यु गरेका नेपालगन्जका नबनायक दीपेन्द्र प्रकाश केसीको अभिनयलाई मन पराएका छन्
निर्माता रुद्र खनाल तथा सह निर्माता कमल जी सी खुसि देखिन्छन ।

यसमा तपाइको मत

अन्य समाचार