आत्महत्याको सफलता पछी कमल सरगमको अर्को लयमा उत्कृष्ट लोकदोहोरी गीत “बाध्यताले परदेश”(भिडियो सहित)


badhyatale-bhaiyo-pardeshi

समिप चौलागाई 
कार्तिक -काठमाण्डौ 
कसलाई मन होलार परदेशमा जान ?बाध्यताले परदेशिएको म अहिले घर परिवारको सम्झनामा एक्लिएको छु टाढिएको छु ।रहर थियो संगै बस्ने मिठो खाने तर त्यो सबै सपनामा सिमित रहे ।यही पिडामा घर परिवार अनि तिमीलाई धेरै सम्झिरहेको छु ।
यस्तै कथामा अनुबन्धित बहुचर्चित गायिका मुना थापा मगर र प्रतिभाशाली नव गायक दिपक सुनुवारको आवाजमा अर्को उत्कृष्ट परदेशीको कथामा समाबेस लोकदोहोरी गीत “बाध्यताले परदेश पस्या छु”बजारमा आएको छ ।
संचारक्षेत्र र कलाकारिता क्षेत्रमा आफुलाई छोटो समयमा निकै दर्शक श्रोतामाझ चिनाउन सफल सर्जक कमल सरगमको उत्कृष्ट लयमा बजारमा आएको गीतमा शब्द भने मोहन राज गुरुङ र श्याम कुमार दर्लामी मगरको रहेको छ ।
विन्ध्यवासिनी म्यूजिक प्रालि मार्फत बजारमा आएको गीतको म्यूजिक भिडियो भने केहि दिनमै बजारमा आउने कम्पनि संचालक सुबास रेग्मीले लालीगुराँस डटकमलाइ जानकारी दिएका छन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

यसमा तपाइको मत

अन्य समाचार