उपत्यकाका भूकम्पपीडित समस्यामा


काठमाडौं,कात्तिक १४ । डेढ वर्षअघि भूकम्पबाट घरविहीन भई घर बनाउन सरकारी अनुदान पाउने आशामा बसेका काठमाडौँ उपत्यकाका भूकम्पपीडितले रकम पाउने बेलामा अनेक थरिका समस्या झेल्नुपरेको छ ।
भूकम्पपीडितलाई अनुदान दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बनाएको कार्यविधिले कतिपय समस्यालाई सम्बोधन नगरेकाले यस्तो समस्या आएको पीडितको गुनासो छ । तारकेश्वर नगरपालिका वडा नं। ९ र १० मा भूकम्पपीडितसँग अनुदान सम्झौता गर्ने क्रममा भेटिएका पीडितले अनेक थरिमा समस्या देखिएको गुनासो गरेका छन् । आजको गोरखापत्रमा खबर छापिएको छ ।
उनीहरूले भूकम्पपीडितको प्रमाणपत्र पाएको तर जग्गाको लाजपूर्जा नभएको, बसोबास भएको तर आवश्यक प्रमाण नभएको, गुठीको जग्गामा घर बनाई बसोबास गरेको तर लाजपूर्जा नभएको, मोही र जग्गाधनीको दोहोरो स्वामित्व भई मोहीले घर बनाएर बसेर अस्थायी पूर्जा मात्रै पाएकोजस्ता समस्या देखिएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार