एकै दिन ११ सय घटेपछि पनि फेरी घट्यो सुन


काठमाडौं, २० असोज । बुधबार एकैदिन प्रतितोला ११ सय रुपेयाँले घटेको सुन बिहीबार तोलामा ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार प्रतितोलामा तीन सय रुपैयाँले घटेर ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन यो साताको पहिलो दिनबाट नै निरन्तर घटीरहेको छ । त्यस्तै चाँदीको भाउ पनि बिहीबार १० रुपैयाँले घटेर प्रतितोला ८ सय २० रुपैयाँमा किनबेच भइरहेको संघले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार