पुलबाट खसेर एकको मृत्यु


सोलुखुम्बु, ८ कात्तिक । सोलुखुम्बु चौरीखर्कमा पुलबाट खसेर आज विहान एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चौरीखर्क–३ का गाग्रे लामिछानेका ३७ वर्षीय छोरा कुमार लामिछाने रहेको प्रहरीले जनाएको छ ।

घर फर्कने क्रममा चौरीखर्क–६ र ९ नं. वडाको बीचमा पर्ने छुठावा खोलाको पुलबाट खसेका लामिछानेको शव बिहान स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घर फर्किने क्रममा उनी आइतबार राति नै पुलवाट खोलामा खसेको हुनसक्ने अनुमान गरिएको छ ।

मजदुरीगर्दै आएका लामिछाने रेलिङ नभएकाले पुलबाट खोलामा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ । रासस

यसमा तपाइको मत

अन्य समाचार