भूकम्पपीडितलाई ६ हजार क्युफिट काठ


दमौली, ४ कात्तिक । डेढ वर्षअघि गएको भूकम्पमा परी पीडित भएका तनहुँका दुईसय ८२ जनालाई ६,१७५.६९ क्युफिट काठ वितरण गरिएको छ ।

सामुदायिक वन उपभोक्ता समूह र जिल्ला वन पैदावर आपूर्ति समितिबाट गरी उक्त परिमाणको काठ ती व्यक्तिलाई वितरण गरिएको जिल्ला वन कार्यालयका प्रमुख अम्बिकाप्रसाद पौडेलले बताउनुभयो । दुई सय ८१ जनालाई सामुदायिक वन उपभोक्ता समिति र एकजनालाई जिल्ला वन पैदावर आपूर्ति समितिले काठ वितरण गरेको हो ।

दुईजना भूकम्पपीडितलाई चितवन, तीनजनालाई तनहुँमै र एकजनालाई काठमाडौँ काठ लैजानसमेत अनुमति दिइएको बताइएको छ । वास्तविक भूकम्पपीडितलाई आवश्यक कागजात पेस गरेपछि त्यस्ता व्यक्तिलाई काठ वितरण गर्ने गरिएको छ । भूकम्पपीडितले घर बनाउन काठ पाउँदा निकै राहत मिलेको बताएका छन् । रासस

यसमा तपाइको मत

अन्य समाचार