३२ वर्षपछि मिलन


काठमाडौं,कात्तिक १४ । भाइटीकाको ठ्याक्कै तीन दिनअघि शनिबार धादिङ,दार्खा किन्ताङफेदीका जीवन अधिकारीका आँखाभरि आँसु थियो । एकैछिनमा आँखाको चेप हुँदै गुडुल्किएको त्यो आशु दुःखका भने थिएनन् ।
छोराको आँखा रसाएको देखेपछि ६८ वर्षका बाबु चेकबहादुर र जेठी दिदी मीना पनि भावशुन्य भए । त्यो दृष्यलाई नियालेर बसेका थिए,नेदरल्याण्डका ७० वर्ष उमेर काटेका एच फेनेस्ट्रा र एडा फेनेस्ट्रा ।‘त्यो विश्वासै गर्न नसक्ने खुसिको क्षण हो,’एडाले यति भनिन् र सबैका आँखातिर नजर दौडाइन् ।
३२ वर्षअघि धर्मपुत्री बनेर नेदरल्याण्ड पुगेका शान्ति र ताराको परिवारसँग पुनर्मिलन भएको दृश्य थियो यो । शान्तिले अगाडिका दुई दाँत फुक्लिएका ढाका टोपी लगाएका बाबुको नाकतिर हेर्दे अंग्रेजीमा भनिन्,‘मेरो जस्तो नाक रैंछ बाबुको ।’ताराले पनि थपिन्‘मेरो र दिदीको आँखा उस्तै रैछ ।’आजको कन्तिपुरमा खबर छापिएको छ ।
चोकबहादुर आफुले सपनामा पनि नचिताएको मिलनले यति धेरै खुसी भएका थिए किन प्रत्येक शब्द उनको घाँटीमा अड्किएजस्तो भइरहेको थियो । बुढेसकालमा आफ्ना छोरीहरुसँग यसरी भेट होला भनेर उनले सपनामा पनि सोचेका थिएनन् ।तिहारको मुखैमा आफ्ना बहिनीहरुलाई भेट्न पाउँदा जीवनको अनुहारमा खुसी चम्केको थियो ।

यसमा तपाइको मत

अन्य समाचार