९० वटा सेतो पाटी वितरण


पाल्पा, ८ कात्तिक । विर्घा स्याङजा सहयोग समाज युएईले विर्घामा रहेका विभिन्न शैक्षिक
संस्थालाई सेतो पाटी वितरण गरेको छ ।

गाविसभित्र रहेका १० वटा विद्यालय, मातृभूमि पुस्तकालय, गाविस कार्यालय, विर्घा प्रहरी चौकी, स्वास्थ्य चौकीलाई गरी ९० वटा सेतो पाटी (ह्वाइट बोर्ड) वितरण गरिएको हो ।

जिल्ला शिक्षा कार्यालय स्याङ्जाका प्रतिनिधि एवम् स्रोतव्यक्ति पोतप्रसाद अर्यालले सम्बन्धित विद्यालय र संस्था प्रमुखलाई सेतो पाटी हस्तान्तरण गर्नुभएको थियो । उहाँले विदेशमा गएका युवाले सामुदायिक विद्यालयलाई गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो ।

विर्घाबाट वैदेशिक रोजगारका सिलसिलामा युएईमा पुगेका युवाले आफ्नो पारिश्रमिकबाट केही रकम कटाएर सङ्कलन गरिएको रकमबाट सेतो पाटी खरिद गरिएको हो । रासस

यसमा तपाइको मत

अन्य समाचार