गृहमन्त्रीको निर्देशन नमानेपछि काठमाडौं झिकाइएका सिरहा र पर्साका एसपी फिर्ता


कात्तिक ४, काठमाडौं –गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा प्रहरी प्रधान कार्यालयले काठमाडौं झिकाएका पर्साका एसपी राजुबाबु श्रेष्ठ र सिरहाका एसपी श्याम ज्ञवालीलाई फिर्ता पठाएको छ ।Bimalendra-Nidhi

गृहमन्त्री निधिले अपहरण र हुन्डीमा जोडिएकालाई कारबाही प्रक्रिया अगाडि नबढाउन दिएको निर्देशन अटेर गरेको भन्दै निमित्त प्रहरी प्रमुख विज्ञानराज शर्मा मार्फत एसपीद्वयलाई काठमाडौं झिकाए पनि विवाद बढेका कारण गृहमन्त्रीले भेट्दै नभेटी पूर्ववत कार्यक्षेत्रमै प्रमुखको रुपमा पठाएको हाे ।

मन्त्री निधिले भेट्न बोलाएको भन्दै शर्माले मंगलबार दुवै एसपीलाई लिएर गृह मन्त्रालय पुगेका थिए तर भेट हुन भने सकेको थिएन । डेढ घण्टा कुर्दासमेत मन्त्री निधि नआएपछि उनीहरूले गृहसचिव लोकदर्शन रेग्मीलाई भेटेका थिए । शर्मा र दुवै एसपीसँग रेग्मीले करिब एक घण्टा कुराकानी क्रममा पेसीमा झिकाउनुको कारणमा प्रवेशै नगरी जिल्लाको शान्ति सुरक्षाबारे छलफल गरेका थिए ।

नेपाल प्रहरीका प्रवक्त डिआईजी हेमन्त मल्लले पनि दुवै एसपीलाई जिल्लाको शान्ति सुरक्षाको स्थिति बुझ्न मात्रै केन्द्रमा बोलाइएको बताए । ‘जिल्लाको शान्ति सुरक्षाको वस्तु अवस्था बुझ्नो निम्ति बोलाएका थियौं बुझ्ने काम सकिएकाले दुवैलाई सम्बन्धित जिल्लाका काम गर्न पठाइसकेको छौं,’ उनले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।

यसमा तपाइको मत

अन्य समाचार