भारु नोट प्रतिबन्धले नेपाली बिरामी समस्यामा


काठमाडौं, कात्तिक २६ । भारत सरकारले आफ्नो देशमा चलनचल्तीमा रहेका ५ सय र १ हजारका नोट प्रयोग बन्द गरेपछि नेपाली बिरामी समस्यामा परेका छन् ।
भारतका अस्पतालहरुले कात्तिक २३ गतेबाट उक्त नोट लिन नमानेपछि भारतमा उपचार गर्न आएका बिरामीहरु समस्यामा परेका हुन्। यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।
भारतीय मुद्रा नचलेपछि उपचारका लागि भारतको पिथौरागढ, लुवाघाट, हल्द्वानीलगातयका ठाउँमा गएका नेपाली बिरामीहरुको बिचल्ली भएको भारतको पिथौरागढमा रहेका डाक्टररेणु जगादिश अस्पतालका डाक्टर तारा जोशीले बताए ।
थोरै खर्चमा उपचार गर्नुपर्ने र जटिल अपरेसन गर्नुपर्ने केही बिरामीको आफूहरुले उधारोमा पनि उपचार गराइरहेको उनले बताए।

यसमा तपाइको मत

अन्य समाचार