राजनीतिक दबाबले रोकियो भ्यु टावरकाे निर्माण कार्य


काठमाडौं,कात्तिक १८ । राजधानीको पुरानो बसपार्कमा ‘काठमाडौं भ्यु टवर’ बनाउने योजना अलपत्र परेको छ । स्थानीयवासी र राजनीतिक दलको अवरोधका कारण भ्यु टावर निर्माण प्रभावित बनेको हो । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानको नेतृत्वमा राजनीतिक दलले अवरोध गरेपछि ठेकेदार कम्पनीले भ्यु टावर निर्माणको काम अघि बढाउन सकेको छैन ।

भ्यु टावर निर्माणका लागि निर्माण कम्पनीले काठमाडौं महानगरपालिकाबाट साउनमै कार्यादेश लिइसके पनि काम अघि बढाउन नसकेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । उनले भने, ‘भ्यू टावर निर्माणको काम अघि बढ्न नसक्नुमा राजनीतिक दल र स्थानीय बासिन्दाको अवरोध कारण देखिन्छ । निर्माण कम्पनीको पनि केही कमजोरी छ ।’ आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं। ६ का सांसद भीमसेनदास प्रधानको नेतृत्वमा बसपार्कमा भ्यू टावर बन्न नदिन राजनीतिक लबिङ सुरु भएको हो । सांसद प्रधानले भ्यू टावर निर्माण रोक्न काठमाडौं निर्वाचन क्षेत्रका सबै सांसदसँग छलफल चलाइसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सांसद प्रधानकै नेतृत्वमा एक डेलिगेसनसमेत गइसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार