सगरमाथाको उचाई कति ?


काठमाडौं,कात्तिक १८ । सामन्य ज्ञानमा सोधिने प्रश्न सर्वोच्च शिखर सगरमाथाको उचाई कति? सबैको सहज जवाफ ८,८४८ मिटर। तर,विडम्बना अहिलेसम्म विश्वको सबैभन्दा अग्लो उचाइमा रहेको हिमश्रृखला सगरमाथाको उचाई नेपाल सरकारले आधिकारिक रुपमा मापन गरेको छैन। न मापन गर्ने तयारी नै थालेको समाचार आजको नेपाल समाचारपत्रमा छ।

आर्थिक वर्ष ०६८÷०६९ मा नापी विभागले सगरमाथाको उचाई नाप्ने कुरा गरेपनि उक्त कुरा गफमै सिमित भएको छ। मपन गर्ने काममा कर्मचारीहरु नै परिचालन हुन नमानेकोले गर्दा उक्त योजना असफल भएको विभागका निमित्त महानिर्देशक गणेशप्रसाद भट्टराईको भनाई छ। त्यस्तै आर्थिक अभाव पनि अर्को कारण भएको उनले जानकारी दिए।

सगरमाथाको उचाई मापनको लागि ५ करोड लाग्ने विभागको प्रक्षेपन छ जुन आधार वर्षमा १ करोड रुपैयाँमात्र बिनियोजन गरेकाले मापन गर्ने कामबीचमै तुहिएको अधिकारीहरुले बताएका छन्।

यसमा तपाइको मत

अन्य समाचार