अर्थतन्त्र सुधारोन्मुख


९ पुस, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाको अर्थपृष्ठमा ‘अर्थतन्त्र सुधारोन्मुख’ भन्ने समाचारले मुख्य स्थान पाएको छ । नयाँ पत्रिका दैनिकले ‘दुरसञ्चारमा क्रसहोल्डिङ’ रोक भन्ने समाचारलाई महत्वपूर्ण स्थान दिएको छ ।

नेपाल समाचारपत्र दैनिकले ‘आस्बा प्रणालीका लागि११ बैंक तथा बित्तिय संस्था छानिए’ भन्ने समाचारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै समाचारपत्रले नै ‘अझै बन्द गरिएन अवैध क्रसर’ भन्ने समाचार प्रकाशित गरेको छ ।

वैकल्पिक राजमार्गले जग्गाको मूल्य आकाशियो भन्ने समाचारलाई गोरखापत्रले मुख्य समाचार बनाएको छ । त्यस्तै ‘श्रमदानमा अधिकांश महिला’ समाचारलाई एंकर बनाएको छ ।

राजधानी दैनिकले बैंकिङ कसुरका घटना बढ्द’ै भन्ने समाचारलाई मुख्य समाचार बनाएको छ । ‘भारु नोट अन्यौल थप चुलियो’लाई पनि महत्वपूर्ण स्थान दिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार