खल्तीमा अनुदान, टहरामा बास


९ पुस काठमाडौं । भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोक, चोकटीकी राममाया थामीले दसैंअघि नै सरकारले भूकम्पपीडितलाई दिएको ५० हजार रुपैयाँ राहत रकम हात पारिन् । तर, अझै उनले घर निर्माण सुरु गरेकी छैनन् ।

चिसोमा टहरामुनि कठिनसँग वसिरहेकी राममायाले पाएको राहत रकम अन्त कतै खर्च गरेकी छैनन् । ५० हजार रुपियाँले कसरी घर बनाउनु भनेर उनी दोस्रो किस्ताको राहत रकम कुरिरहेकी छन् । आजको राजधानी दैनिकमा सिन्धुपाल्चोकबाट दिनेश थापाले समाचार लेखेका छन् ।

‘घर बनउने त भनेको । तर पुग्दैन । कसरी बनाउनु ?’ राममायाले भनिन्, ‘अब दोस्रो किस्ता नपाएसम्म त घर बनाउनेबारे सोच्नै सकेको छैन ।’
पांग्रेटारको सुनकोशी नदी किनारामा रहेका ५० परिवार माझी समुदायले पनि राहतस्वरुपको पहिलो किस्ता ५० हजार रुपैयाँ पाइसके तर घर बनाउने सुरसार गरेका छैनन् ।

त्यस्तै सिन्धुपाल्चोकका अधिकांश भूकम्पपीडितले घर बनाउन थालेका छैनन् । रातह रकम खल्तीमा राखेर टहरोमै चिसो रात विताइरहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार