घुसको रुपमा प्रयोग हुँदै राष्ट्रिय पन्छी डाँफेको मासु


९ पुस काठमाडौं । बझाङ जिल्लाका विभिन्न भागमा चोरी शिकार हुनका साथै दरमुकाम चैनपुरमा अहिले जंगली जनवारदेखि राष्ट्रिय पन्छी डाँफेको मासु बिक्री गर्नुका साथै घुसका रुपमा प्रयोग हुँदै आएको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

सरकारी निकायका कर्मचारी र ठेकेदारले आफ्नो दुनो सोझ्याउनका लागि अवैद्य रुपमा चोरी शिकारी गर्ने व्यक्तिसँग मिलेर जंगली जनवार झारल, घोरल, कस्तुरी, मृग लगायत डाँफेलाई मोर सदरमुकाममा महंगो मूल्यमा बिक्री वितरण गर्ने गरेका छन् ।

‘दैनिक जंगलमा बन्दुकको आवाज आउँछ, शिकारीले कहिले कालिज त कहिले मृग मारेका हुन्छन्,’ कालुखेती गाविस–५ नरेन्द्र सिंहले भने ।

जिल्लामा विकासीय बजेट आफ्नो गाउँमा पार्न माुका शोखिन राजनीतिक दल र विभिन्न कार्यालय प्रमुख र सरोकारवालालाई आफ्नो भनेको ठाउँमा योजना पार्न घुसस्वरुप डाँफे र जंगली जनावरको मासु दिने गरेको काडा गाविसका एक स्थानीयले भने ।

जागिर लगाउन पनि डाँफेको मासु घुस स्वरुप एक नामी गैरसरकारी संस्थाका प्रमुखलाई बुझाएको नाम नखोल्ने सर्तमा एक स्थानीयले बताए ।

यसमा तपाइको मत

अन्य समाचार