घुसबाट चल्छन् प्रहरीका गाडी !


पुस १६, काठमाडौं । तीन महिनाअघि महानगरीय प्रभाग इमाडोलका प्रहरीले घुस मागेको भन्दै प्रहरी मुख्यालयमा उजुरी पर्‍यो ।

प्रभागका प्रमुख इन्स्पेक्टर बोधराज गेग्मीलगायतका प्रहरीमाथि छानबिन गर्दा गाँजासहित पक्राउ परेका स्थानीय युवकसँग प्रभागका प्रहरीले आफ्नो गाडीका इन्धन खर्च भन्दै पैसा मागेको खुल्यो ।

प्रभागका लागि संगठनले गाडी दिए पनि इन्धन खर्च दिएको थिएन । त्यही समस्या देखाउँदै प्रहरीले सहयोगको रुपमा घुस मागेको थियो ।

प्रभागमा तल्लो तहका प्रहरीले पहिलादेखि नै त्यसरी स्थानीयसँग इन्धनका नाममा पैसा लिँदै आएका थिए ।
-नयाँ पत्रिका दैनिक

यसमा तपाइको मत

अन्य समाचार