चक्रपथभित्र गुड्न थाले महानगरका दश बस(रुटसहित


पुस १६, काठमाडौं । महानगर यातायातले शुक्रवारदेखि राजधानीका चक्रपथ भित्रका रुटमा पनि बस सञ्चालनमा ल्याएको छ । हालसम्म चक्रपथमा मात्र बस सेवा दिँदै आएको महानगरले यात्रुहरुको माग भएको भन्दै भित्री रुटमा १० बस सञ्चालनमा ल्याएको हो ।

शुक्रवारदेखि राजधानीको वनस्थली, स्वयम्भू हुँदै कलङ्कीबाट कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क, जमल, कालोपुल, चावहिल, नारायण गोपालचोक हुँदै नयाँ बसपार्कसम्मका रुटमा दुईतर्फी बस सेवाशुरु गरेको छ । यी रुटमा छिट्टै थप बस सञ्चालन गर्ने महानगरका अध्यक्ष मधुसुदन अधिकारीले जानकारी दिए ।

यी रुटमा तत्कालकालागि चक्रपथ मै सञ्चालनमा रहेका ३९ बसमध्ये १० वटा बस भित्री रुटमा सञ्चालन गरिएको महानगरले जनाएको छ । महानगर यातायातले केहीदिन अघि देखि आफ्ना यात्रुलाई प्रत्येक टिकटमा उपहारको व्यवस्था गरेको छ ।

भित्रीरुटमा सेवा सुरु भएसँगै अवथप ४० वटा ठुला सिटी बस भित्र्याउने तयारी गरिरहेको जानकारी उपाध्यक्ष सन्तोष खतिवडाले दिएका छन् ।
-कारोबार दैनिक

यसमा तपाइको मत

अन्य समाचार