ज्ञानेन्द्र र हिमानीले एक्लै छाडेपछि पारसको ‘सुनसान जन्मदिन’


पुस १६, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले छोरा पारसबाहेक सबै परिवारलाई लिएर थाइल्याण्ड भ्रमणमा निस्किए । नातिनातिनीलाई थाइल्याण्ड, सिंगापुर, मलेसियालगायतका मुलुक भ्रमण गराउन भन्दै पूर्वराजा भ्रमणमा निस्किएपछि पारसको जन्मदिन सुनसान भएको हो ।
बुहारी हिमानी पनि बसाइको बन्दोवस्त मिलाउन भन्दै पुस १ गते नै थाइल्याण्ड गएकी थिइन् । पूर्वरानी कोमल र नातिनातीनासहित ज्ञानेन्द्र शाह पुस ४ गते नै थाइल्याण्ड गएका थिए । उनको भ्रमण टोलीमा १५ जना छन् । तर, पारस छैनन् ।

ज्ञानेन्द्र शाह करिब एक महिना थाइल्याण्ड नै बस्ने छन् । शुक्रबार पारसको ४५ औं जन्मदिनमा थोरै मात्रै शुभेच्छुकरुको सहभागिता थियो ।
-नेपाल समाचारपत्र दैनिक

यसमा तपाइको मत

अन्य समाचार