निर्देशनमा उत्रदै अभिनेत्री सरिता


पछिल्लो समय कलाकार निर्देशक बन्ने क्रम बढ्दो छ । यस्तैमा कलाकार अभिनेत्री सरिता लामिछाने पनि निर्देशनमा उत्रिने भएकी छन् ।
सरिता सानोपर्दाको श्रृखलाबाट निर्देशनमा देखिन लागेकी हुन् । उनले आफैले मुख्य भुमिकामा अभिनय गरेको टेलिश्रृखला ‘परिचय’ को सिक्वेल निर्देशन योजना बनाएकी छन् ।
‘‘परिचय’ श्रृखलाको सिक्वेल निर्माणको तयारी भइरहेको छ ।’ उनले भनिन् ‘जसको निर्देशन म आफै गर्दैछु ।’ केही पहिले नै निर्माण प्रक्रिया थालिएको यो श्रृखलाको नाम परिचय नै राख्ने कि अन्य केही राख्ने भन्ने बिषयमा कुरा अल्झदा निर्माण ढिलाई भएको उनको भनाईछ ।
सरिताका अनुसार श्रृखला निर्माणको बिषय अहिले मिडिया हवसँग पुगेको छ । उनी यो श्रृखलाको नाम ‘युवा पुस्ता’ राख्न चाँहन्छिन् । तर मिडिया हँव भने ‘परिचय’ कै नामबाट ल्याउँन चाँहन्छ । नाममा कुरो नमिल्दा निर्माणमा ढिलाई भएको सरिताको भनाई छ । छिट्टै नामको टुङ्गो लगाएर श्रृखला ल्याउने तारताम्यमा आफु लागेको सरिताले बताइन् ।
समाजीक बिषयमा बनेको यो श्रृखला नेपाल टेलिभिजनबाट प्रसारण भएका हिट श्रृखला मध्यको एक हो । जसको निर्देशन चलचित्रका निर्देशक समेत रहेका ऋषी लामिछानेले गरेका थिए । ऋषी अहिले चलचित्र निर्देशनमा नै ब्यस्त भएकोले आफु निर्देशनमा उत्रिन लागेको सरिताको कथन छ । निर्देशन आफैले गरेपनि मुख्य भुमिकामा पनि आफ्नै अभिनय गर्ने योजना उनको छ । अन्य कलाकार पनि केही पुराना श्रृखलाका र केही नयाँ लिने उनले बताइन् ।

यसमा तपाइको मत

अन्य समाचार