नेपाल – चीन सैन्य तालिम हुने


पुस १५, काठमाडौं । दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उदेश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम हुने भएको छ ।

उत्तरी छिमेकीले नेपालसँग निकट भविष्यमा हुन लागेको सैन्य तालिमबारे घोषणा गरेको छ ।

चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच पहिलोपटक संयुक्त सैन्य तालिम हुन लागेको हो । सैन्य तालिमका सम्बन्धमा दुई देशका उच्च राजनीतिक तहबाट सहमती प्राप्त भइसकेको स्रोतले बतायो ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा सन् २०१७ मा नेपाल र चीनबीच संयुक्त सैन्य तालिमबारे प्रारम्भिक वार्ता भएको बताए । तर सैन्य तालिम कहिले हुने भन्ने यकिन मिति खुलाएनन् ।
-नागरिक

यसमा तपाइको मत

अन्य समाचार