नेप्सले भन्यो- सेयर बजार घट्नुको कारण धितोपत्र बोर्ड


पुस १३, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले लगातार बजार घटिरहनुको मूख्य कारण धितोपत्र बोर्ड भएको दाबी गरेको छ । बैंकलाई ब्रोकर लाइसेन्स, ब्रोकरलाई उपत्यकाबाहिर पठाउनेलगायतका विषयमा जानकारी दिन मंगलबार गरिएको पत्रकार सम्मेलनमा नेप्सेका अधिकारीहरुले यस्तो दाबी गरेका हुन् ।

बोर्डले नेप्सेलाई रेगुलेटरको काम गर्न नदिएकाले समस्या भएको नेप्सेका अध्यक्ष रामजी रेग्मीले बताए । ‘बोर्डले काम गर्न सहजिकरण गर्ने भन्दा विभिन्न बहानामा अवरोध सृजना गरिरहेको छ’, उनले भने, ‘बोर्डका कारण बैंकहरुलाई धितोपत्र दलाल अनुमतिपत्र प्रदान गर्न ढिलाइ भएको छ ।’

नेप्सेले आयोजना गरेको पत्रकार सम्मेलनमा महाप्रबन्धक सीताराम थपलियाले बोर्डका केही अधिकारीहरुले काम गर्न अवरोध गरिरहेको आरोप लगाए ।

उनले वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने विषयमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र राष्ट्र बैंकको एकीकृत निर्देशिकामा कुनै व्यवस्था नभएको अवस्थामा नेप्से या धितोपत्र बोर्डले चाहेमा मात्रै अनुमति दिन नसकिने जिकिर गरे ।
-कारोबार दैनिक

यसमा तपाइको मत

अन्य समाचार