प्रमाणपत्र धितोमा ऋण दिन बैंक अनिच्छुक


पुस १५, काठमाडौं । सरकारले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि शैक्षिक कर्जा दिने योजना ल्याएको भए पनि त्यसमा बैंकहरु नै अनिच्छुक देखिएका छन् ।

सरकारले विशेष गरी युवावर्गलाई लक्षित गर्दै ल्याएको शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिन बैंकहरुले नै चासो नदेखाएका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले राहत पाउन नसकेका हुन् ।

सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमार्फत उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । यस घोषणासँगै यस विषयले चर्चा पाएपनि कार्यान्वयनको पाटो भने निकै कमजोर देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले नै चासो नदेखाएका कारण यस्तो कर्जा लक्षित वर्गसम्म पुग्न सकेको छैन । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म करिब ११ अर्ब रुपैयाँ कर्जा शैक्षिक प्रमाणपत्र धितो राखेर प्रवाह भएको छ ।
-राजधानी दैनिक

यसमा तपाइको मत

अन्य समाचार