प्रिमियर लिगमा लिभरपुल पुनः दोस्रो स्थानमा


पुस १३, लिभरपुल (एजेन्सी)– स्टोक सिटीलाई मंगलबार राती ४–१ ले हराउँदै लिभरपुल प्रिमियर लिगमा पुनःदोस्रो स्थानमा उक्लेको छ । १८ खेलको समाप्तीमा शीर्षस्थानको चेल्सी र लिभरपुलबीच ६ अंकको दुरी रहेको छ । चेल्सीको ४६, लिभरपुलको ४० र तस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको ३९ अंक छ ।

घरेलु मैदानमा १–० ले पछि परेको खेललाई लिभरपुलले उल्टाएको थियो । जोनाथन वाल्टेर्सले १२ औं मिनेटमा स्टोकका लागि गोल गरे भने ३५ औं मिनेटमा एडम लालानाले कठिन मोडबाट बराबरी गोल फर्काए ।

मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा रोर्बेटो फेर्मिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । डिभक ओरिजीको क्रस रोक्ने क्रममा गेनिली इम्बुलाले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलको गोलअन्तर बढेको थियो । ७० औं मिनेटमा डानियल स्टुरिजले गोल गरेपछि लिभरपुलको जित थप सहज बनेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार