बाल यौन दुराचारीद्वारा पर्यटकलाई बालक उपलब्ध गराउने गरेको खुलासा !


पुस १४, काठमाडौं । बाल यौन व्यवसायमा सक्रिय नेपालको एक समूहले होटलमा आउने विदेशी नागरिकलाई यौन सन्तुष्टिका लागि बालकहरु उपलब्ध गराउने गरिएको पाइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले गोप्य सूचनाका आधारमा ठमेलको यम्बु होटलबाट यौन दुर्व्यवहारका लागि लगिएका ७ जना बालकलाई उद्दार गरेको छ । उद्दार गरिएका बालकहरु १२देखि १६ वर्ष उमेर समूहका रहेको प्रहरीको भनाई छ ।

२०७१ साल पुस ४ गते ललितपुरका १५ वर्षीय बालकलाई बालात्कार गरेको अभियोगमा क्यानडाका नागरिक अर्नेस स्वाम्विकले अदाललतको आदेशबमोजिम कारबाही भोगिरहेका छन् । उनलाई जिल्ला अदालत ललितपुरले ७ वर्ष जेल सजायँ र १० लाख रुपैयाँ क्षतिपूर्ती भराउनु पर्ने फैसला सुनाएको थियो ।

उनलाई पछि तत्कालिन पुनरावेदन अदालत पाटनले ७ वर्ष जेल र ३ लाख रुपैयाँ क्षतिपूर्ती भराएको थियो । यस्ता थुप्रै घटनाहरु छन्, बाल यौन दुराचारका । सहरमा बाल यौन दुर्व्यवहार गर्नेहरुको संख्या बढिरहेको छ । यसले भयावह रुप लिने खतरा पनि बढिरहेको छ ।
-नेपाल समाचारपत्र

यसमा तपाइको मत

अन्य समाचार