मरे भनेर आस मारेका गायक पुष्कल शर्मालाई जीवित भेटियो (भिडियो सहित)


कमल सरगम
पौष -काठमाण्डौ
गीत संगीत मान्छेको जीवन कथा समेट्ने एउटा त्रिबेणी हो ,गीत संगीत अरुको पीडाको मलम हो भने यही गीत संगीतले कहिले काही अचम्मको काम गर्दछ ।जव पुष्कल शर्माको मलामी बजारमा आयो तब हरेक मान्छेको आफ्नै आफ्नै तर्कहरु निस्किन थाल्यो ।पुष्कल शर्माले मरेको सपना गीतमा समाबेस गरे संगै धेरैले पुष्कल शर्मा मरे भन्ने भ्रममा परे तर पुष्कल शर्मा मरेका थिएनन पुष्कल शर्माको सपना मरेको थियो ।हो यही सपनाले फेरी अर्को सृजना जन्माइदिएको छ ।मन्दिर म्यूजिक प्रालिको प्रस्तुतिमा चर्चित गायक पुष्कल शर्माको लय /शब्द /स्वर साथै निर्देशनमा अर्को उत्कृष्ट लोकदोहोरी गीत मुटु जलाई जलाई भाग -४ “म मरेको छैन”बजारमा आएको छ ।पुष्कल शर्माले यस गीतमा आफुलाई सम्मान गर्ने देखि अपमान गर्ने सम्मका व्यक्तिको सामाजिक संजालमा लेखिएको स्टाटस समाबेस गरेका छन भने केहि आफ्नो सहकर्मी साथीहरुको आवाजहरुलाई पनि समाबेस गरेका छन ।गीतको म्यूजिक भिडियोको निर्माण भने गुरुआमा फ्लिम्स ले गरेको छ।दिपक बिष्टको सम्पादनमा तयार यस गीतको म्यूजिक भिडियोको छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् ।गीत पुष्कल शर्माको प्रश्नल युटुब च्यानल मार्फत सार्बजनिक गरेका छन ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको मत

अन्य समाचार