मलाइकाले अरबाजसँग सम्बन्धविच्छेदपछि मागिन् १५ करोड, तनावमा खान परिवार


मलाइका अरोडा खानले श्रीमान् अरबाजसँगको १८ वर्षे वैवाहिक सम्बन्धबाट पार पाउनका लागि १५ करोड माग गरेकी छिन् । मलाइकाको यो मागले खान परिवार तनावमा भएको बताइएको छ ।

– स्रोतका अनुसार बान्द्रको पारिवारिक अदालतसँग मलाइकाले १५ करोड भारुको एलुमिनी राशि माग गरेकी छिन् । यो विभिन्न मागको एकमुष्ट रकम हो ।

– विभिन्न मागमध्ये मुम्बईको पश बान्द्रा इलाकामा एउटा फ्ल्याट रहेको छ । जसको मूल्य करिब ३.५ करोड भारु रहेको छ ।

– साथै, छोराको नाममा २.५ करोडको मुद्दती बचत ।

– छोरालाई २ करोडको कार ।

– छोराको पढाईका लागि हरेक महिना ५ लाख रुपैयाँ (२१ वर्ष सम्म)

– आफ्नो लागि ५ करोड भारुको एलुमिनी ।

– एलुमिनी रकम त्यो हो जुन सम्बन्धविच्छेद पनि पुरुषले महिलालाई दिने गर्दछ ।

मलाइकाको माग पूरा गर्न सक्दैनन् अरबाजः

– सूत्रका अनुसार अरबाजका वकिलले अदालतमा मलाइकाको माग अरबाजले पूरा गर्न नसक्ने स्पष्ट पारेका छन् । उनको करियर अहिले रोकिएको र फिल्ममा निर्माता हुनका लागि उनका दाइ सलमानले पैसा दिने गरेको स्पष्ट पार्दै अरबाजले मलाइकाको माग पुरा गर्न सक्षम नरहने वकिलको ठहर छ ।

– सूत्रका अनुसार अरबाजले अदालतमा उनको आफ्नो विवाह बचाउनका लागि भरपूर प्रयत्न गरेपनि मलाइकाले सम्बन्धविच्छेद गर्ने सोच बनाइसकेको हुनाले आफ्नो प्रयास विफल रहेको बताएका छन् ।

– अदालतले दुबैको एलुमिनी रकममा पुर्नविचार गर्नको लागि आग्रह गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार