यस्तो रहेछ दीपाश्रीले विहे नगर्नुको कारण


काठमाडौं । दीपाश्री दिपकराजलाई स–सानो कुरामा केयर गर्छिन् । दिपकराजले पनि उसरी नै केयर गर्छन् । हिजोआज त पशुपतिको डाँडामा ध्यान गर्न पनि एकाबिहानै सँगै पुग्छन् । उनीहरुको मित्रताको डोरी निकै बलियोसँग गाँसिएको छ । कतिबेला को कहाँ छन् भनेर अपडेट भइरहेका हुन्छन् उनीहरु ।

यति लामो समयम्म सम्बन्ध टिकिराख्नुको कारण बताउँछन् दीपकराज, ‘एक त हामी लेडिज जेन्स भएकाले प्रगतिप्रति कसैको इर्ष्या हुँदैन ।अर्को कुरा हामीमा पारदर्शिता छ ।’ उनीहरु एक अर्कालाई निकै माया गर्छन् । दीपाश्री भन्छिन्, ‘हामीले बिहे गर्ने माया गरेका होइनौँ । तर, म उसलाई गहिरो माया गर्छु । दुःख नपाओस् भन्ने लाग्छ । सहयोग गरिरहुँजस्तो लाग्छ । मैले भन्दा अझ बढी उसले माया गर्छ ।’

दीपकराजलाई पनि त्यस्तै लाग्छ । साँच्चिकै भन्दा उनीहरु ‘डिप लभ’मा छन् । एकअर्कालाई भित्रैदेखि माया गर्छन् । अब दीपाश्री बिहे नगर्ने मुडमा पुगिसकेकी छिन् । अब कसैको पर्फेक्ट श्रीमती बनेर बस्न सक्दिनँ जस्तो लाग्छ दीपाश्रीलाई । अब दीपाश्रीको शब्दकोषमा बिहे भन्ने शब्द नै छैन रे ! ‘मलाई जीवनमा दीपकबाहेक अर्को व्यक्तिले आकर्षित नै गरेन,’ उनी भन्छिन् । तर, दीपकराजको तर्क अर्कै छ । भन्छन्,‘मेरोभन्दा करिअरको बढी माया गर्छिन् उनी ।’ नयाँ पत्रिकाबाट

यसमा तपाइको मत

अन्य समाचार