समाजिक कुरीतिविरुद्ध धामीझाँक्री नै सक्रिय


पुस ११, वैतडी । वैतडीमा सामाजिक कुरीति अन्त्यका लागि धामीझाँक्रीलगायत धार्मिक अगुवा नै सक्रिय हुन थालेका छन् । विभिन्न संघसंस्थाबाट तालिम पाएपछि धामीझाँक्री, ज्योतिष, पण्डितलगायतले कुरीति र सामाजिक विभेदविरुद्ध सक्रिय हुने प्रतिवद्धता जनाएका हुन् ।

कुनै बेला विरामीलाई आफैंले निको बनाउने दाबी गर्ने धामीझाक्री अहिले अस्पताल जान सल्लाह दिन्छन् । लामो समय धामीका रुपमा काम गरेका देहीमाण्डौका गगनसिंह भण्डारीले अचेल बाल विवाह नगर्न सुझाब दिने गरेका छन् । यसअघि उनी आफैं बालविवाह गर्न प्रेरित गर्थे ।

‘उमेर नपुगी विवाह गर्दा हुने असर र कानुनी प्रक्रियाबारे जानकारी भएपछि अरुलाई सचेत बनाउने गरेको छु’ उनले भन्छन्, ‘मैले भनेको सबैले मान्छन्, विरामीलाई अचेल छिटो अस्पताल लैजाउ भन्छु अनि बालविवाह रोक्ने काम पनि गरिरहेको छु । अहिले यहाँका धार्मिक अगुवाहरु समेत संगठीत रुपमा सामाजिक कुरीति रोक्न सक्रिय छन् ।
-नयाँ पत्रिका

यसमा तपाइको मत

अन्य समाचार