सोलिडारिटी कप विजेता नेपाललाई एसिया कप छनोट खेल्ने मौका


पुस १३, काठमाडौं – नेपालले एएफसी एसिया कप फुटबलको छनोटमा भाग लिने मौका पाएको छ । ग्वामले छनोटबाट नाम फिर्ता लिएपछि एसियाली फुटबल महासंघ (एएफसी) ले त्यो ठाँउमा नेपाललाई मौका दिन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

डेढ महिनाअघि मलेसियाको कुचिङमो एएफसी सोलिडारिटी कप जितेले नेपाललाई एएफसीले नेपाललाई मौका दिन लागेको बताएको छ । छनोटको समूह विभाजन र खेलतालिका जनवरी १७ मा हुनेछ । छनोटमा २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा भाग लिने टोलीलाई ६ समूहमा विभाजन गरिनेछ । लिगकम नकआउट पछि हरेक समूहका शीर्ष दुई टोली सन् २०१९ मा हुने एएफसी एसिया कपको फाइनल राउन्डमा पुग्नेछन् ।

नेपालले यसअघि नै एसिया कप छनोट खेल्ने मौका पाएपछि पहिलो चरणमै असफल भएको थियो । विश्व कप २०१८ र एएफसी एसिया कप २०१९ का लागि भएको होम एन्ड अवे छनोटमा नेपाललाई भारतले हराएको थियो । भारतमा २–० ले पराजित भएको नेपालले काठमाडौंमा भने गोलरहित बराबरी खेलेको थियो । पहिलो चरणमै असफल भएपछि नेपालले फेरी एकपटक एएफसीको माथिल्लो स्तरको प्रतियोगिताको छनोट खेल्ने मौका पाउने लागेको हो ।

यसमा तपाइको मत

अन्य समाचार