स्वीस सेनाद्वारा सैनिक महिलालाई सेल्फी खिच्न रोक


स्वीट्जरल्याण्डका सैनिक महिलाहरुले आर्मी पोशाकमा उत्ताउला सेल्फी खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने क्रम बढेपछि कमाण्डहरु दिक्क बनेका छन् । आइन्दा सैनिक पोशाकमा सेल्फी नखिच्न र खिच्नै परे कमाण्डरको अनुमति लिन आर्मी हेडक्वाटरले आदेश दिएको छ ।

नयाँ जोगीले धेरै खरानी घस्छ भनेझैं सेनामा नयाँ भर्ति हुने केटीहरुले सैनिक पोशाकमा थरी-थरी पोज दिएर सेल्फी खिच्ने र सामाजिक सञ्जालमा राख्ने गरेको पाइएको छ । स्वीस आर्मीका प्रवक्ता डेनियल रेइस्टले भने, ‘हामीले स्पष्ट आदेश दिएका छन्, युनिर्फममा सेल्फी खिच्न मनाही छ । खिच्नै पर्‍यो भने कमाण्डरको अनुमति लिनुपर्छ ।’

उनले अगाडि भने, ‘यदि कसैले सामाजिक सञ्जालमा यौनजन्य, जातीयता झल्काउने वा अन्य वाहियात पोष्टहरु गरेको खण्डमा हाम्रो सैनिक प्रहरीले हस्तक्षेप गर्नेछ । यदि कसैले सैनिक जीवनका सुखद अनुभुतिहरु साट्न चाहन्छ भने त्यसमा आपत्ति हुँदैन ।’

२४ वषिर्या भ्यालेन्टिन मोरिना एक महिला सैनिक हुन् जो सामाजिक सञ्जालमा नियमित सेल्फी पोष्ट गरिरहन्छिन् । उनी आफ्नो सेल्फीमा प्राउड, स्ट्रङ जस्ता ह्यासट्यागहरु प्रयोग गर्छिन् । उनी भन्छिन्, ‘चार सय पुरुषहरुबीच म एक्ली महिला थिएँ । तैपनि मेरो अनुभव सुखद रह्यो र आफ्नो अनुभव सबैसँग सेयर गर्न रुचाउँछु ।’

स्वीस आर्मीले आर्मी करिअरको वास्तविकताबारे जनचेतना जगाउने उद्देश्यले अर्को वर्षबाट सामाजिक सञ्जालमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

अन्य समाचार