आँगनमै सरकार पाउँदा फुरुंग


माघ १४, काठमाडौँ । रगनी–६ का रत्नबहादुर खत्री बिहीबार निकै खुसी देखिन्थे । भूकम्पले भत्केको घर बनाउन पहिलो किस्ताबापत ५० हजार रुपैयाँ सरकारी अनुदान भर्खरै उनको हात लागेको थियो । ७० वर्षीय उनले रकम लिन कतै धाउनुपरेन । घरआँगनमै पैसा बुझ्न पाउँदा उनी दंग देखिन्थे ।
रगनी–३ की सञ्जु गौतमका ओठमा पनि मुस्कान छाएको देखिन्थ्यो । सदरमुकाम धाउनुपर्ने काम घरआँगनमै बनेको थियो उनको । गाउँमै नागरिकता पाउँदा उनमा खुसीले सीमा नाघ्दै गरेको अनुहारमै झल्कन्थ्यो ।

सरकारी सेवा सुलभ बनाउन देशलाई संघीय प्रणालीमा लैजाने बहस चलिरहँदा रगनीबासी भने अहिल्यै त्यो अनुभूति गरिरहेका थिए । किनकी उनीहरुका घरआँगनमै सरकार पुगेको थियो । जिल्लाका सांसद, राजनीतिक दल र स्थानीय प्रशासनको पहलमा गाउँमा घुम्ती शिविरमा भूकम्पपीडित आवास निर्माण पहिलो किस्ताको अनुदान बाँड्न थालिएको छ ।
-नागरिक दैनिक

यसमा तपाइको मत

अन्य समाचार