आधुनिक गीत सन्देश सार्वजनिक {भिडियो सहित }


पुस २६, काठमाडौं / कुमार बस्नेत अबुधाबि । अन्जुली म्युजिकको प्रस्तुतिमा देबदहका नवसर्जक सन्देश ढुङगानाको आधुनिक गीत सन्देश सार्बजनिक भएको छ। दुबईको मनोरम ठाँउमा छायांकन गरिएको आधुनिक गीत सन्देश भित्र एकदमै मार्मिक शब्दमा सझियेको गित नसम्झेको दिन छैन नरोएको रात छैन, आँसु बग्यो आँखा बाट पुछिदिने हात छैन रहेकोे छ।

उक्त गीतमा स्वर दिएकि छिन पछिल्लो समयकि चर्चित गायिका मिलन अमात्यको भने संगीत सौगात सायरको । गीतमा शब्द सिर्जना सन्देश ढुंङगानाको रहेको छ। युएईमै रहि आफ्नो अभिनयलाई अघि बढाईरहेका निर्मल र नबिनाले गरेका छ्न । पछिल्लो समय दुबईबाट गित संगीतमा संघर्ष गरेका कमल निर्जनले उक्त गितमा छायांकन र निर्देशन गरेका हुन।

अन्जुली म्युजिकका निर्देशक बाल्चन्द्र बराल र बजार ब्यबास्थापक कमल न्यौपानेले आधुनिक एलबम सन्देशले सबै दर्सक श्रोताको मन जित्नेमा आशाबादी रहेका छ्न । अन्जुली म्युजिकले पहिलो पटक आफ्नै युट्युब च्यानलबाट यो गित बजारमा ल्याएको छ र भोकिका दिनमा आउने तयारीमा रहेका गितहरु सबै आफ्नै युट्युब च्यानलबाट सार्बजनिक गर्ने कुमार बस्नेतले बताएका छ्न ।

यसमा तपाइको मत

अन्य समाचार