आयोजनाको बजेट खोस्ने मन्त्रीको दाउ


माघ ११, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि र सिँचाइमन्त्री दीपक गिरीको दबाबमा भेरी बबई डाइभर्सन आयोजनाको ३९ करोड रुपैयाँ रकमान्तरण गर्ने तयारी गरिएको छ । सरकारले महत्वसाथ राष्ट्रिय गौरवको आयोजना अन्तर्गत राखेर यसलाई चालु आर्थिक वर्षको बजेटमा ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।

आयोजनाले खर्च नर्ग नसकेको निहुँमा उक्त रकममध्येको ३९ करोड ३९ लाख रुपैयाँ बजेट रकमान्तरण गरी नेपाली कांग्रेसबाट बनेका मन्त्रीद्वय निधि र गिरीले आफूखुरी आयोजनामा थप रकम दिन खोजेका हुन् । सिँचाइ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजनाबाट रकम झिकेर खुद्रे किसिमका औचित्यहिन आयेजनालाई बजेट दिने सबै तयारी पूरा भएको छ ।

‘मन्त्रीहरुको दबाबमा सचिव र विभागीय प्रमुखहरुबीच छलफल गरेजस्तो गरी आ–आफ्ना गृहजिल्लाका सिँचाइ आयोजनालाई थप बजेट दिने सबै तारतम्य मिलाइएको छ,’ ती अधिकारीले भने, ‘अहिले यसको फाइल सचिव गजेन्द्र ठाकुरसँग पुगेको छ । यही वा अर्को साता स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइनेछ ।’
-नागरिक दैनिक

यसमा तपाइको मत

अन्य समाचार