ओलीले गाँजा खाएका थिए सही गर्दा ?


पुस १७, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले सहीछाप गरेको प्रस्तावको विरोधमा उत्रिएको आरोप लगाएका छन् ।

विगतमा ओलीकै सहमतिमा बनेको सात प्रदेशको खाकाअनुसार अहिले सरकारले संविधान संसोधन प्रस्ताव ल्याएको दावी गर्दै देउवाले अहिले आएर एमाले त्यसको विरोधमा उत्रिनुको कुनै तुक नभएको बताएका छन् ।

बाग्लुङमा भएको कार्यक्रममा देउवाले ओलीलाई प्रश्न गरे हिजो मिलेर ल्याएको प्रस्ताव आज कसरी राष्ट्रघाती भयो ? के त्यतिबेला प्रस्तावमा सहीछाप लगाउँदा ओलीले गाँजा खाएका थिए ?
-नागरिक

यसमा तपाइको मत

अन्य समाचार