काठमाडौंको हावामा धुलोका सुक्ष्म कण, बजारु मास्कले धुलो छेक्दैन


माघ १६, काठमाडौँ । तपाईहामीमध्ये अधिकांशले सहरको धुलो, धुवाँ र चिसोबाट बच्न नाकमुख ढाक्नेगरी मास्क लगाउँछौं। विडम्वना! हामीले प्रयोग गरिरहेको मास्कले धुलोधुवाँ छेक्न भने सक्दैन। मास्क प्रयोग गर्दा पनि आँखाले ठम्याउन नसकिने मसिना हानिकारक कण फोक्सोमा प्रवेश गर्ने अनुसन्धानले देखाएको छ। काठमाडौंको वायुमा २ दसमलव ५ माइक्रोमिटर (पिएम २.५) भन्दा पनि सुक्ष्म धुलोका कण भेटिएको छ ।

ती कण छेक्न बजारमा पाइने कपडा र सर्जिकल मास्कले नसक्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुसन्धानले देखाएको छ । नेपाल हेल्थ रिसर्च काउन्सिलले सन् २०१५ मा गरेको एक अध्ययनले हानिकारक कण छेक्न नसक्ने मास्क प्रयोगले नौजनाको ज्यान गएको देखाएको थियो । परिषदका सदस्य सचिव डा खेमबहादुर कार्कीका अनुसार अहिले काठमाडौंमा प्रदुषण बढाउने कारक तत्व इँटा भट्टा र थोत्रा सवारी साधन हुन् ।

त्यसमाथि मेलम्ची खानेपानी आयोजनाले पाइप लाइन बिछ्याउन सडक खन्दा प्रदुषण झनै डरलाग्दो बनेको छ । विस्तार गर्न भत्काइएका सडक अलपत्र छाड्दा पनि धुलोको प्रदुषण बढेको हो ।
-नागरिक दैनिक

यसमा तपाइको मत

अन्य समाचार