कार्कीको बायोडाटामै झुट


पुस २१, काठमाडौं । निलम्बित अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले नियुक्तिका लागि संवैधानिक परिषदमा पेश गरेको बायोडाटामा उल्लेखित केही विवरण झुटो भेटिएको छ। उनले बायोडाटामा आफ्नो कार्यअनुभवलाई मुख्य रूपमा उल्लेख गरेका छन् उक्त विवरण नै झुट हो।

कार्कीले संवैधानिक परिषदमा पेश गरेको बायोडाटामा सन् २००६ को अप्रिलदेखि सन् २००९ सम्म आफू मुख्य सचिव रहेको विवरण उल्लेख गरेका छन्। उनले उल्लेख गरेको मितिलाई आधार मान्ने हो भने २००९ (विस.२०६५) पुस सम्म उनी मुख्य सचिवमा कार्यरत भएको देखिन्छ। तर यथार्थमा भने उनी दुई वर्ष अघि नै मुख्य सचिववाट हटिसकेका थिए।
-कान्तिपुर

यसमा तपाइको मत

अन्य समाचार