गायक अमृत भारतीले हात हेराउदा कन्या राशि परेपछि तनाबमा (भिडियो सहित)


कमल सरगम
काठमाण्डौ ।
नेपाली लोकदोहोरी क्षेत्रमा फरक पहिचान बनाउने हेतुका साथमा पछिल्लो पुस्ताका प्रतिभाशाली गायक अमृत भारतीको उत्कृष्ट शब्द सृजनामा राज गीरीको प्रस्तुति लोकदोहोरी गीत “कन्या राशि”बजारमा आएको छ ।प्रतिभाशाली गायक अमृत भारती र निरु कार्कीको सुमधुर आवाज रहेको गीतमा लय भने अमृत खातीको रहेको छ र शब्द अमृत भराती/अमृत खातिकै रहेको छ ।जुगल फ्लिम्स मार्फत बजारमा आएको यस गीतलाई टि टाइम युटुब च्यानलले भिडियोलाई सार्बजनिक गरेको हो ।सिन्धुपाल्चोकमा जन्मिएका अमृतको यो पहिलो गीत हो ।पहिलो गीतनै सबको मन जित्न सफल भएको भन्दै गीतका सम्पूर्ण टिम निकै खुसि रहेको भारतीले जानकारी दिए ।”गीत संगीतको प्रबर्धनमा म अनबरत आफ्नो ठाउ बाट खट्ने छु ।फोहोरी देखिएको दोहोरीलाई सफा दोहोरी बनाउन म हरबखत लागिरहने छु”। अमृत भन्छन ।बजारमा आएको गीतमा अभिनय राज गीरी /सुरज केशी /दिपा दीक्षा बस्नेत को रहेको छ भने निर्देशन अहिलेका व्यस्त निर्देशक खमेस श्रेष्ठले गरेका हुन् ।गीत निकै उत्कृष्ट बनेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको मत

अन्य समाचार