दीपकराज गिरीले पृथ्वी जयन्तीमा बिदा दिनुहुँदैन किन भने ?


पुस २७, काठमाडौँ । हास्य कलाकार दीपकराज गिरी पुस २७ गतेमा सार्वजनिक दिने विषयलाई व्यंग्यतात्मक रुपमा टिप्पणी गरेका छन् । पृथ्बी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिन नागरिक तहबाटै माग भइरहेका बेला सटीक टिप्पणी गर्दै गिरीले सरकारले बिदा नदिए नागरिकहरुले मनवचनले स्वतस्फूर्त मनाउनुपर्ने आशय व्यक्त गरेका छन् ।

भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा देशभर सार्वजनिक दिने सरकारको कदमप्रति संकेत गर्दै उनले भनेका छन् – ‘जे पायो त्यो दिन बिदा दिने देशमा पृथ्वीजयन्तीमा पनि बिदा दिएर यो दिनलाई पनि जे पायो त्यो सामान्य दिन नबनाऔँ ।’

सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले लेखेका छन्ः

यसमा तपाइको मत

अन्य समाचार