पत्रकार महासंघ सिन्धुपाल्चोक साखामा तालबन्दी


सिन्धुपाल्चोक, पुष २५ – गैर पत्रकारलाई सदस्यतामा सिफारिस गरिएको र क्रियाशिल पत्रकारहरुलाई सदस्यता नदिएको भन्दै प्रेस चौतारी सिन्धुपाल्चोकको अगुवाइमा पत्रकार महासंघ सिन्धुपाल्चोकको कार्यालयमा अनिश्चितकालिन तालबन्दी गरिएको छ । प्रेस चौतारी सिन्धुपाल्चोकले विभिन्न पाँच बुदे माग राख्दै महासंघमा आज तालबन्दी गरेको हो । चौतारीले पत्रकार महासंघको विधानले तोकेको योग्यता पुरा भएका आवेदन दिनेहरुलाई बिना विभेद सदस्यता सिफारिस गरेर उनीहरुको अधिकार सुरक्षित गरिनुपर्ने,महासंघको विधानले तोकेका योग्यता नै पुरा नभएका आवेदकहरुलाई गरिएको सदस्यता सिफारिस तुरुन्त रद्द गरिनुपर्ने माग अघि सारीएको छ ।

त्यस्तै .पत्रकारीता पेशामा नै नरहेका गैरपत्रकारलाई गरिएको सदस्यता सिफारिस तुरुन्त रद्द गरिनुपर्ने,सदस्यता सिफारिस गर्नु पुर्व पत्रकारका सबै पेशागत संगठनसँग छलफल गरी सहमती जुटाएर मात्र निर्णय कार्यन्वयन गरिनुपर्ने,पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखामा रहेका गैर पत्रकारहरुको सदस्यता खारेज गर्दै महासंघलाई पत्रकारहरुको संगठन बनाइनुपर्ने चौतारीले माग गर्दे तालबन्दी गरिएको प्रेस चौतारी सिन्धुपाल्चोकका सचिव विदुर आचार्यले जानकारी दिए । चौतारीले गरेको तालबन्दी प्रेस सेन्टर सिन्धुपाल्चोकले समेत समर्थन गरेको छ ।

चौतारीले राखेका माग जायज छन्,हाम्रो नैतीक समर्थन रहेको छ प्रेस सेन्टर सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले भने । पत्रकार महासंघ सिन्धुपाल्चोकको कार्तिक ३० गते बसेको बैठकले २४ नयाँ पत्रकारका लागि केन्द्रमा सिफरिस गरेको थियो । महासंघका सह–सचिव दीपक अर्याल सहितका सदस्यहरुले महासंघले गरेको निर्णय प्रति असहमती राख्दै नोट अफ डिसेन्ट लेखेपनि वहुमततको आधारमा सदस्यहरु केन्द्रमा सिफारिस गरिएको प्रेस चौतारी सिन्धुपाल्चोकका अध्यक्ष सरोज ढुंगानाले जानकारी दिए । हामीले गलत निर्णय सच्याउन महासंघका अध्यक्षलाई पटक पटक भन्यौ तर वास्तै गरिएन ढुंगानले भने–‘हामीले गैर पत्रकारलाई गरिएको सदस्यता सिफरिस रोक्न र क्रिायशिल पत्रकारलाई सदस्यता दिलाउनका लागि महासंघमा तालबन्दी गरेका हौ उनले भने ।

यसमा तपाइको मत

अन्य समाचार