फेरि विमानस्थलमा समातियो सुन


माघ ८, काठमाडौँ । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन्। मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई सय ग्राम सुन बरामद भएको हो ।

उनले आफूसँग साढे दुई किलो सुन भएको बताए पनि भन्सार कार्यालयका कर्मचारीले खानतलासी गर्दा एक किलो दुई सय ग्राम मात्र फेला परेको छ। जाँचक्रममा एक किलो दुई सय ग्राम मात्र भेटिएकाले थप अनुसन्धान भईरहेको भन्सार कार्यालयका एक कर्मचारीले बताएका छन्।
-अन्नपूर्ण पोष्ट

यसमा तपाइको मत

अन्य समाचार