मधेसी मोर्चाले सदरमुकाममा प्रदर्शन गर्ने


माघ १६, काठमाडौँ । परिमार्जनसहित संविधान संशोधनका लागि दबाब दिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई प्रदेशका जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने निर्णय गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको बिजुलीबजारस्थित पार्टी कार्यालयमा शनिबार सम्पन्न मोर्चाको बैठकले २३ माघमा तराई मधेसका सदरमुकाममा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले संविधान संशोधन परिमार्जनसहित पारित गर्न, राज्य पुनः संरचना आयेगले सरकारलाई बुझाएको प्रतिवेदन खारेज गर्न लगायतका काममा सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन गर्ने निर्णय भएको बताए । तराई मधेसका सदरमुकाममा हुने प्रदर्शन एवं सभापश्चात राज्य पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनको प्रति जलाउने निर्णय बैठकले गरेको छ ।
-राजधानी दैनिक

यसमा तपाइको मत

अन्य समाचार