मनी चेञ्जरहरु अवैध कार्यमा


माघ १४, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले राष्ट्रियताको नाममा राष्ट्रघातको खेल गरिरहेको भन्ने राजनीतिक वृत्तमा टिका टिप्प्णी भइरहेको बेला एमालेकै नाममा काठमाडौँ उपत्यकामा ठगी धन्दा समेत मौलाउन थालेको छ । काठमाडौं उपत्यकाभित्र रहेका मनी चेञ्जरहरु फेरि अवैध कार्यमा संलग्न हुनथालेको भेटिएको छ । अवैध काम गरिरहेको मनि चेन्जरहरुले आफूलाई एमाले नेताहरुको संस्थागत सहयोग रहेको समेत बताएका छन् ।

मनी चेञ्जरहरुले अवैध कारोबार गरेको उजुरी परेपछि राजस्वले पछिल्लो पटक ठमेल र बौद्ध क्षेत्रमा केही मनी चेञ्जरमा छापा मारेको छ । राजस्व अनुसन्धान स्रोतका अनुसार नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्राको सटहीको इजाजत लिएर रसिद नकाटी वाणिज्य बैंकहरुको दरभन्दा चार÷पाँच रुपैयाँ बढी लिएर विदेशी मुद साट्ने काठमाडौंको ज्याठाको इको मनी एक्सचेन्ज, बैद्धको वेभ मनी एक्सचेन्ज र स्वर्णद्वीप एक्सचेन्जमा राजस्वले छापा मारेको हो ।

स्रोतका अनुसार ज्याठाको इको मनी हरि सापकोटाको हो भने बौद्धको वेभ मनी एक्सचेन्ज प्रणव श्रेष्ठ र स्वर्णद्वीप एक्सचेन्ज हरि घिमिरे र कमल कायस्थको हो । सापकोटा एमाले नेता विष्णु रिमालको आफन्त पर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ । यस्तै प्रणव श्रेष्ठ एमालेका उपमहासचिव समेत रहेका विष्णु पौडेलको व्यापारिक सामmेदार रहेको बताइन्छ ।

विभागको टोलीले ती तीनवटै मनी चेन्जरबाट कागजात नियन्त्रणमा लिएको छ । प्रहरीले गत पुसको अन्तिम साता राजधानीका एक दर्जन भन्दा बढी मनी चेन्जरमा छापा मारेको थियो । ज्याठाको इको मनीमा छापा मार्न टोली जाँदासम्म प्रशस्त अवैध रकम भए पनि उनले कामदार लगाएर लुकाएको आशंका गरिएको छ । छापामा मार्न पुगेको प्रहरी टोलीलाई मनि चेन्जर व्यावसायीले आफूलाई एमाले अध्यक्ष खड्ग ओलीको आर्शिवाद रहेको बताएका छन् ।
– जनआहवान साप्ताहिक

यसमा तपाइको मत

अन्य समाचार