मुटुको भल्भ फेर्न शुल्क नलाग्ने


माघ १६ , काठमाडौँ । सरकारले बाथ–मुटुरोगको शल्यक्रियालगायत सबै उपचार निःशुल्क गर्ने भएको छ । स्वास्थ्य मन्त्री गगन थापापले फागुन १ देखि यो सुविधा दिने जिर्णय भएको जानकारी दिए । हाम्रै साधन स्रोतले बाथ मुटु रोगको शल्यक्रियालगायतका सम्पूर्ण उपचार निस्शुल्क गर्न सकिने अवस्था देखिएपछि सरकारले घोषणा गरेको हो’शनिबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको वार्षिकोत्सव समारोहपछि मन्त्री थापाले भने । सरकारले शल्यक्रिया, खाने औषधि, अस्पतला बसाइलगायत सबै उपचार पनि निःशुल्क गर्ने उनले जनाए ।

यो उत्पादनशील उमेर समूहलाइ लाग्ने रोग भएकाले समयमै उपचार गरेर उहाँहरुको काम गर्ने क्षमता कायम राख्दै सामान्य जीवनमा फर्काउने हो’, थापाले भने । उनका अनुसार धेरै युवा बाथ मुटु रोग लागेर उपचार खर्चको अभावमा अलपत्र पर्ने गरेका थिए । यसअघि सरकारी अस्पतालहबाट १५ वर्ष मुनी र ७५ वर्षमाथिका मुटुरोगीका लागिमा निःशुल्क उपचारको सुविधा थियो । यो रोग ५ देखि १५ वर्षसम्ममा सुरु हुने भए पनि शल्यक्रिया गराउनुपर्ने स्थितिमा पुग्दा उनीहरू वयस्क भइसक्ने भएकाले निःशुल्क उपचार पाइरहेका थिएनन् ।

मुटुको भल्भ बिग्रेका व्यक्तिमध्ये धेरैको शल्यक्रिया गर्नुपर्छ भने सामान्य क्षति भए औषधि खाएर पनि चिकित्सकीय निगरानीमा रहनुपर्छ । कसैकसैमा यो समस्या बढ्नेसमेत गर्छ र शल्यक्रिया गराउनुपर्छ । शल्यक्रियामा मुटुको भल्भलाई फेरर कृत्रिम भल्भ राखिन्छ वा विरामी कै भल्भलाइ शल्य चिकित्सकले मर्मत समेत गर्छन् ।
-कान्तिपुर

यसमा तपाइको मत

अन्य समाचार