राहत कटौती, शरणार्थी भोकै, मानवीय संकटको खतरा


माघ १५, काठमाडौँ । राहत वितरण रोकिएपछि विभिन्न शिविरमा आश्रय लिइरहेका भुटानी शरणार्थी मारमा परेका छन् । उनीहरुले पाँच दिन देखि रासन बुझेका छैनन् । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्याक्रम (डब्लुएफपी) ले शरणार्थीलाई रासन उपलब्ध गराउँदै आएको थियो । बेलडांगी र मोरङको पथरी शनिश्चरेस्थित शिविरमा बस्दै आएका शरणार्थीले पेटभरि खान पाएका छैनन् । जसोतसो खोले खाएर दिन कटाइरहेको उनीहरु बताउँछन् ।

प्रर्याप्त खाना नपाउँदा वृद्धवृद्धा, बालाबालिका र अशक्तमा समस्या देखिन थालेको छ । कमजोरीले बालबालिका विद्यालय जान नसक्ने भएका छन् । डब्लुएफपीले वितरण गर्दै आएको न्युनतम राहतसमेत कटौती भएपछि शरणार्थीले रासन लिन अस्वीकार गर्दै आएका हुन् । यसले गर्दा १० हजार दुई सय ६५ भुटानी शरणार्थी बस्दै आएको शिविरमा मानवीय संकट उत्पन्न हुने खतरा बढ्दै गएको छ ।
-कान्तिपुर दैनिक

यसमा तपाइको मत

अन्य समाचार