स्वयम्भुबाट पनि सवारी लाइसेन्स


पुस १७, काठमाडौँ । यातायात व्यवस्था विभागले आजदेखि काठमाडौंको स्वयम्भुबाट पनि सनारी चालक अनुमतिपत्र लाइसेन्स वितरण गेर्ने भएको छ । आज उक्त कार्यालयको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गर्दै हुनुहुन्छ ।

विभागले लामो समयको गृहकार्यपछि स्वयम्भुको ठूलो भर्याङमा नयाँ कार्यालय स्थपना गरी लाइसेन्सको वितरण गरिन लागेको हो ।

ठूलो भर्याङको कार्यालयमा शुरुमा लाइसेन्स नविकरण गर्ने काम गरिने छ ।
-नेपाल समाचारपत्र

यसमा तपाइको मत

अन्य समाचार