स्वास्थ्य शिविरले नुवाकोटवासीलाई अचुक छाप छाड्यो


यहि पौष २२ र २३ गते नुवाकोट जिल्लाको मदानपुर गाविस केन्द्र वनाएर सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरमा हजारौंको संख्यामा स्वास्थ्य परिक्षण गरी लाभ लिनेको उपस्थिती रह्यो । राजधानीसंग जोडीएको जिल्ला भएतापनि त्यहाँका जनताहरु वत्ती मुनीको अध्यांरोको भोगाइमा वस्नु परेको तथ्य सावित भएको छ । ललितपुर जिल्लाको सानेपा, धोविघाटमा रहेको मेघा अस्पतालले आयोजना गरेको उक्त स्वास्थ्य शिविरमा वेल्कोट, सुर्यमती, ककनी, चतुराले गाविस लगाएतका जनताले सेवा सुविधा प्राप्त गर्न सकेका थिए ।

२०५४ सालमा स्वास्थ्य शिविर आएर डाक्टरहरुको सेवा पाएका त्यहाँको स्थानियहरुले फेरी १९ वर्ष पछि मेघा अस्पतालले क्याम्पको आयोजना गरेर सेवा प्रदान गरेकोमा बृद्ध–बृद्धाहरुको आँखामा हर्षको आँशु पनि झरेको दृश्य कारुणीक देखिन्थ्यो ।
तत्काल चेक जाँच गर्ने क्रममा ५० जना जति सेवाग्राहीको लुकेका रोग जस्तै हर्निया, हाइड्रोशिल, पीनास, आङ खस्ने रोगको त अप्रेशन गर्नै पर्ने स्थित देखिएको थियो । उपस्थित संख्याको ७०–७५ प्रतिशत त बृद्ध–बृद्धाको उपस्थिती थियो भने अन्यमा पनि अधिकांश वालवच्चाहरु देखिएको थिए । क्यान्सर हुन सक्ने सम्भावनाका रागीको संख्या धेरै भएको उक्त शिविरमा चिकित्सकको र अन्य स्वास्थ्यकर्मीको सक्रियता प्रशंसनीय थियो ।
निशुल्क औषधि वितरण गरेको दुई दिने शिविरमा सरकारवाट पनि हुन नसकेको सेवा प्राप्त भएकोमा सेवा प्रदायकलाई स्थानियहरुले भव्य र अविस्मरणीय विदाइ गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार